राष्ट्रिय युवा संघद्वारा ललितपुर र काभ्रेमा ‘हेल्प डेक्स’ सञ्चालन
  • CIA Khabar

  • काठमाडौँ । नेकपा एमालेको प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघले आज ललितपुर तथा काभ्रेपलाञ्चोक जिल्लामा हेल्प डेक्स सञ्चालनमा ल्याएको छ । संघको केन्द्रीय कार्यालयको निर्देशन तथा योजना अनुरुप ललितपुरको सातदोवाटो तथा काभ्रेको वेथानचोक गाउँपालिका वडा नं. २ मा हेल्प डेक्स सञ्चालनमा ल्याइएको छ ।

    सरकारले घोषणा गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै संघले स्यानेटाइजर, खानेपानी, माक्स, थर्मोगनलगायतका सामाग्रीहरु सहितको हेल्प डेक्स सञ्चालनमा ल्याएको छ । जहाँ समस्या त्यहाँ, युवा संघ भन्ने मुल नाराका साथ नेपालमा दिनानुदिन कोरोना भाइसर ९कोभिड–१९०को संक्रमणदर बढ्दै गएकाले त्यसको रोकथाम तथा नियन्त्रणको लागि संघले हेल्प डेक्स सञ्चालनमा ल्याएको हो । जनचेतनामूलक समेत रहेको उक्त हेल्प डेक्सले कोरोना सम्बन्धी जनचेतना फैलाउने तथा निषेधाज्ञाको समयमा समस्यामा परेको आम नागरिकलाई सहयोग समेत गर्ने गरेको छ ।

    नयाँ भेरियन्ट कोरोना (कोभिड-१९) भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि ललितपुरको सातदोवाटोमा सञ्चालित स्वास्थ्य सामाग्रीसहितको हेल्प डेक्स विस्तारको क्रममा संघका केन्द्रीय अध्यक्ष बचनबहादुर सिंहले संघका ललितपुर जिल्ला अध्यक्ष चिन लामा मार्फत हस्तान्तरण गर्नुभएको थियो । उक्त हस्तान्तरण कार्यक्रममा एमाले जिल्ला कमिटी ललितपुरका अध्यक्ष हरिकृष्ण व्यञ्जनकार, संघका उपाध्यक्ष क्षितिज थेवे, महासचिव रमेश आचार्य, स्थायी कमिटी सदस्य निरोज पौडेल, सचिवालय सदस्य मन्जिब क्षेत्री, केन्द्रीय सदस्यहरु राजु श्रेष्ठ, सज्जन लामा, बिपुल पौडेल, एमाले जिल्ला कमिटी ललितपुर सदस्य सरस्वती खड्का लगायतको उपस्थित रहेको थियो ।

    त्यस्तै काभ्रेको वेथान चोक गाउँपालिका वडा नं। २ मा राखिएको हेल्प डेक्को शुरुवात गर्ने क्रममा जिल्ला कमिटी सदस्य वेदप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यतामा जिल्ला कमिटी सदस्य देवचन्द्र वाइवाको उपस्थितीमा सञ्चालनमा ल्याइएको संघका केन्द्रीय सचिवालय सदस्य समुन्द्र तिम्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार नेतृत्व संघका केन्द्रीय सदस्य माधवबहादुर वाइवाको नेतृत्वमा हेल्प डेक्स सञ्चालनमा ल्याइएको छ । हेल्प डेक्सले निषेधाज्ञाको समयमा लागु गरिएका नियमहरुलाई समेत कडाईका साथ पालना गराउन सुरक्षा निकायलाई सहयोग गर्ने भएको छ । स्वास्थ्य स्वयसेवीका भगवती तिमल्सीनाको समेत विशेष भूमिका रहेको बताइएको छ ।

  • २४ बैशाख २०७८, शुक्रबार १६:५९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images