यी हुन् भारतबाट आएकाहरुलाई राख्न उपत्यकामा तोकिएका होटल क्वारेन्टिन
  • CIA Khabar

  • काठमाडौं । सरकारले भारतबाट आएका पर्यटकहरूलाई राख्न उपत्यकाका विभिन्न होटलहरुलाई क्वारेन्टिन तोकेको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको गत बैशाख १९ गतेको निर्णयअनुसार एयर बबल सुविधा अन्तर्गत भारतबाट हवाई उडान मार्फत नेपाल आउनेहरूका लागि उपत्यकाका विभिन्न स्थानका ८ वटा होटलहरुलाई क्वारेन्टिनको रुपमा तोकिएको छ ।

    जसमा गोदावरीको भ्यू भृकुटी, गुह्यश्वरीको माधव होटल, एयरपोर्टको होटल एयरपोर्ट, गौशालाको आमलम्दम्, रिडर्स ईन र आनन्द आश्रम, जगातीको फार्म हाउस रिसोर्ट र जगातीकै अर्को ए वान रिसोर्ट तोकिएको छ ।

    यी होटलहरूमा भारतबाट आएकाहरुले अनिवार्य १० दिन होटल क्वारेन्टिनको रुपमा प्रयोग गर्नुपर्नेछ भने सेवाग्राहीहरुबाट होटलले बढीमा दिनको ३ हजारसम्म लिन पाउने गरि सरकारले दर रेट तोकिदिएको छ ।

  • २४ बैशाख २०७८, शुक्रबार १७:२२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images