शेखर खनाललाई ‘सर्वोत्कृष्ट हास्य अभिनेता’को अवार्ड
  • CIA Khabar

  • काठमाडौँ । चर्चित हास्य कलाकार शेखर खनाललाई सर्वोत्कृष्ट हास्य अभिनेताको अवार्ड प्रदान गरिएको छ ।

    काठमाडौँमा सम्पन्न भएको ‘नेपाल सर्ट फिल्म अवार्ड २०७७’मा हास्य कलाकार खनालले सर्वोत्कृष्ट हास्य अभिनेताको अवार्ड जित्न सफल हुनुभएको हो । सर्वोत्कृष्ट खलपात्रको अवार्ड कलाकार तुलसी प्रसाद श्रेष्ठले चलचित्र ‘नशा’बाट प्राप्त गर्दा सर्वोत्कृष्ट हास्य अभिनेताको अवार्ड खनालले चलचित्र ‘धुर्त काजी’बाट प्राप्त गर्नुभएको हो । त्यस्तै नायक सरोज खनालले उत्कृष्ट निर्देशकको अवार्ड जित्नुभएको छ । यस्तै सर्वोत्कृष्ट नव–नायकको अवार्ड सुरज पोखरेलले ‘हाम्रो नाता’बाट प्राप्त गर्नुभयो । यस्तै, प्रतियोगितामा ‘उत्कृष्ट सर्ट फिल्म’को अवार्ड भने तेजेन्द्र प्रसाद कँडेलको ‘देशमाथि’ले जित्नुभएको छ ।

    अवार्ड समारोहमा निर्देशक तर्फको जुरी अवार्ड केडी प्रशितलाई चलचित्र ‘मेरो भगवान’बाट प्रदान गरियो । यस्तै सर्ट फिल्म निर्देशकको प्रोत्साहन पुरस्कार अमिर बरालले चलचित्र ‘ज्यान जाने पिरिम’बाट प्राप्त गर्नुभयो । सर्वोत्कृष्ट नायकको अवार्ड अभिनेता ध्रुवदत्तले चलचित्र ‘सहारा’बाट, सर्वोत्कृष्ट नव निर्देशकको अवार्ड निर्देशक आशुतोष अधिकारीले चलचित्र ‘हाम्रो नाता’बाट प्राप्त गर्नुभयो । सर्वोत्कृष्ट कथाको अवार्ड आरती अधिकारी आचार्यले चलचित्र ‘लकडाउन’बाट, सर्वोत्कृष्ट कथा ९डायस्पोरा०बाट पुरु राईले चलचित्र ‘सहारा’बाट प्राप्त गर्नुभयो ।

    स्टार वान इन्टरटेन्मेन्ट र विलक्षण क्रियनसले आयोजना गरेको ‘नेपाल सर्ट फिल्म प्रतियोगिता’मा १९ वटा सर्ट फिल्म सहभागी थिए । जसमध्य ८ वटा सर्ट फिल्म अवार्डमा चयन भएका थिए । अवार्ड बिजेताहरुलाई पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्री, कलाकारहरु रविन्द्र खड्का, रमेश बुढाथोकी, नवल खड्का लगायतले एक समारोहबीच अवार्ड प्रदान गर्नुभएको थियो ।

  • २४ बैशाख २०७८, शुक्रबार १७:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images