चीनमा ३० करोड व्यक्तिले लगाए कोरोनाविरूद्धको खोप
  • CIA Khabar

  • बेइजिङ । चीनमा ३० करोड ८० लाखभन्दा बढी व्यक्तिले कोभिड–१९ विरूद्धको खोप लिइसकेका राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

    चीनले शरीरको प्रतिरक्षा प्रणालीलाई विकास गर्न स्वदेशमा नै निर्माण गरिएको खोपलाई धेरैभन्दा धेरै नागरिकसमक्ष पुर्‍याउने अभियानलाई तीब्र पारिरहेको छ ।

    बुधवार समाप्त भएको श्रमिक दिवसका अवसरको पाँच–दिने छुट्टीको समयमा, सरकारले कार्यतालिकालाई तीब्रता दिँदै खोपहरू लगाइँदै आएको छ ।

    शुक्रवार विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले आपतकालिन प्रयोगका लागि चीनमा निर्मित एक खोपलाई अनुमति पनि दिएको छ । चिनियाँ खोप नागरिकको सुरक्षा, प्रभावकारिता र गुणस्तरको लागि डब्लुएचओको प्रमाणीकरण सूचीमा पर्ने विश्वको छैठौं खोप बनेको हो ।

  • २६ बैशाख २०७८, आईतवार १२:३२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images