बङ्गलादेशमा थप १ हजार ५१५ जनामा सङ्क्रमण पुष्टि, ३८ जनाको मृत्यु
  • CIA Khabar

  • एजेन्सी । बङ्गलादेशमा विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक हजार ५१४ पुगेको यहाँको स्वास्थ्य सेवा महानिर्देशनालयले बताएको छ । यो अवधिमा कोभिड–१९ सङ्क्रमित ३८ व्यक्तिको मृत्यु भएको बताइएको छ ।

    पछिल्लो तथ्याङ्कसँगै एशियाली यस मुलुकमा कोभिड–१९ सङ्क्रमित सङ्ख्या सात लाख ७५ हजार पुगेको छ भने सङ्क्रमित मृतकको सङ्ख्या ११ हजार ९७२ पुगेको छ । बङ्गलादेशमा विगत २४ घण्टामा १६ हजार ८४८ व्यक्तिको कोभिड–१९ सङ्क्रमण परीक्षण भएको थियो । सरकारी तथ्याङ्क अनुसार बङ्गलादेशमा अहिलेसम्म कोरोना भाइरस सङ्क्रमण भई निको हुनेको सङ्ख्या सात लाख १२ हजार २७७ पुगेको छ । सोमबार मात्रै दुई हजार ११५ व्यक्ति सङ्क्रमणमुक्त भएका थिए ।

    महानिर्देशनालयका अनुसार कोभिड–१९ सङ्क्रमितको मृत्यु दर १।५४ रहेको छ भने निको हुने दर ९१।९ रहेको छ । बङ्गलादेशमा यो वर्षको अप्रिल ७ मा सबैभन्दा बढी सात हजार ६२६ व्यक्ति सङ्क्रमित रहेका थिए भने अप्रिल १९ मा सबैभन्दा बढी ११२ जनाको मृत्यु भएको थियो ।

  • २८ बैशाख २०७८, मंगलवार ००:२७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images