राष्ट्रपति भण्डारीको दिवालियापनले संविधान ध्वस्त पार्ने निश्चित : नेता महर
  • CIA Khabar

  • काठमाडौ । नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको दिवालियापनले संविधान ध्वस्त पार्ने र देशलाई संकटको बाटोमा लैजाने निश्चित भएको टिप्पणी गरेका छन् ।

    महरले धारा ७६ को ५ अनुसार सरकार बनाउने आधार काँग्रेस सभापति शेरबहादुर देउवाले हस्ताक्षर सहित राष्ट्रपतिलाई पेश गरेको दुनियाँ र कानुनका अगाडि जगजाहेर भएको बताएका हुन् ।

    यस्तै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री दावी गर्न जानु अनैतिक भएको बताए । ओलीसँग संवैधानिक, कानूनी, नैतिक र राजनितिक कुनैपनि आधारमा नभएको महरको जिकिर छ ।

    यस्तो अवस्थामा राष्ट्रपति भण्डारीले अब पनि केपी ओली मोह देखाउनु निर्वस्त्र हुनु सरह भएको महरले बताए ।

    उनले भने, ‘अब पनि केपी ओली मोह देखाउनु निर्वस्त्र हुनु सरह हो । प्राविधिक रुपमा महाभियोग लगाएर अयोग्य घोषणा गर्न दुई तिहाई सांसद संख्या नपुग्न सक्छ तर राष्ट्रपति र प्रधानमन्त्रीको कृयाकलाप कारण आजित जनताको वेगले (आन्दोलनले) सरकारी आवासबाटै घिसारेर सडकमा ल्याउने अवस्था आउँदैछ ।’

    सत्ता र भत्ताको मोह छोडेर जनताको नासो जनताकै माझ हस्तान्तरण गर्नु आवश्यक रहेको नेता महरको भनाई छ ।

  • ७ जेष्ठ २०७८, शुक्रबार २३:२४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images