सन्की प्रधानमन्त्री र मतियार रास्ट्रपतिले देशलाइ अध्यारो सुरुङमा प्रवेश गराए: नेता थापा
  • CIA Khabar

  • काठमाडौ । नेपाली कांग्रेसका प्रभावसाली युवा नेता तथा पुर्व मन्त्री गगन कुमार थापाले प्रधानमन्त्री केपि शर्मा ओलि र रास्ट्रपति बिद्यादेबि भण्डारीलाई सन्की र मतियारको उपनाम दिएका छन ।

    मध्यरात संसद विघटन गर्नु र चुनाबको मिति घोषणा गर्नु संबिधान माथिको ठाडो हत्या बताउदै प्रधानमन्त्री र रास्ट्रपतिको प्रतिगमनकारी कदमको निन्दा समेत गरेका छन । उनले सामाजिक सन्जालमा लेख्छन :

    खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो,न संसद!विघटन,पुनर्थापित संसदको अपमान,विश्वासको मतको नाटक,७६(३)को सरकार गठन,विश्वास लिनुको सट्टा७६(५)को आव्हान,अनुकुल नभएपछि फेरी विघटन!कस्तो सेटिङ!प्रकृया त देखाउन मात्र थियो,यीनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो।लिए!
    सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन्।महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिं र यत्तिमै रोकिने वाला छैनन् नेतागण!नअलमलिउँ,खुट्टा नकमाऔं,सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं।”
  • ८ जेष्ठ २०७८, शनिबार ०८:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images