ओली गणतन्त्र मन नपराउनेको गोटी बने : प्रचण्ड
  • CIA Khabar

  • काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संविधान मन नपराउनेको गोटी बनेको टिप्पणी गरेको छ ।

    मन्त्रिपरिषदको सिफारिसमा प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ र मंसिर ३ मा मध्यावधि निर्वाचन घोषणा भएपछि प्रचण्डको सचिवालयले यस्तो टिप्पणी गरेको हो ।

    प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले फेसबुकमा स्टाटस लेख्दै १४९ बहुमत सांसदहरुको हस्ताक्षरसहितको नयाँ सरकार बनाउने स्पष्ट विकल्प हुँदाहुँदै संविधानको धज्जी उडाउँदै र जनमतको अपमान गर्दै संसद विघटन गरिएकाले यसको प्रतिवाद गर्नु पर्ने उनले बताएकी छन् ।

  • ८ जेष्ठ २०७८, शनिबार ०९:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images