कथित चुनावको उद्घोष जालझेल हो, डटेर प्रतिवाद गरौँ: नेता नेपाल
  • CIA Khabar

  • काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले संसद् विघटन गर्दै घोषणा गरिएको चुनाव सर्वसत्तावाद लाद्न गरिएको जालझेल भएकाले त्यसको प्रतिवाद गर्न आह्वान गरेका छन् ।

    संसद विघटन र निर्वाचनको घोषणा प्रतिगमन भाग-२ भएकोले डटेर प्रतिवाद गर्न उनले आग्रह गरेका हुन् । शनिवार बिहान फेसबुकमार्फत आफ्नो बिचार सार्वजनिक गर्दै नेता नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताए ।

    उनले भनेका छन्–‘षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ। प्रतिगमन दोहोरिएको छ । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रतिगमन भाग २ हो । केपी ओलीको यो कदमको भर्त्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु ।’

  • ८ जेष्ठ २०७८, शनिबार ०९:५६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images