मुख्यमन्त्री पोखरेलको चार दलका नेतालाई दिए कडा काउण्टर
  • CIA Khabar

  • काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विपक्षि गठबन्धनका नेतृत्वलाई कडा आक्रोस व्यक्त गर्नुभएको छ ।

    विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व नै आक्रान्त भइरहेको समयमा नेपालका राजनीतिक दलका नेताले आफ्ना कार्यकर्तालाई सडकमा आन्दोलन गर्न निर्देशन गर्नु गैरजिम्मेवारी पन भएको तर्क गर्नुभएको छ ।

    संघीय संसद विघटन भएपछि कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यालव तथा बाबुराम भट्टराई पक्ष तथा एमालेका माधवकुमार नेपाल पक्षले आफ्नो युवा तथा विद्यार्थी संगठनलाई कोरोनाको संकटलाई वेवस्था गरी सडक आन्दोलन गर्न निर्देशन दिएको प्रति उहाँले आक्रोस जनाउनुभयो । हिजो देखी नै उक्त गठबन्धनका युवा विद्यार्थी कोरोनालाई वास्ता नगरी सडक आन्दोलनमा होमिएका छन् ।

    मुख्यमन्त्री पोखरेलले ६ महिना पछि सरकारले घोषणा गरेको निर्वाचनमा चाँही कोरोनाले असर गर्छ भन्दै भन्नेहरुले अहिले चाँही सडकमा आन्दोलन गर्न निर्देशन दिनु गैरराजनीति भएको उल्लेख गर्दै सवैलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो ।

    उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘कोभिड १९को महामारी देखाउँदै ६ महिना पछिको चुनावको विरोध गर्ने, अनि महामारीकै बीचमा सडकमा चै जुलुस लगाउन निर्देश गर्ने, हाम्रो राजनीति ।’

  • ९ जेष्ठ २०७८, आईतवार १४:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images