हुगीमा नेतृत्व विकास तथा उद्धोषण तालिम सकियो
  • CIA Khabar

  • पाल्पा-

    हुगी सामुदायिक सिकाई केन्द्रको आयोजनामा रम्भा गाउँपालिकामा चलेको ३ दिने नेतृत्व विकास तथा उद्धोषण तालिम सकिएको छ ।
    तालिम समापन कार्यक्रममा सहभागीलाई प्रममाणपत्र बितरण गर्दै जनकल्याण माबिका प्रध्यानध्यापक लक्ष्मण अधिकारीले तालिममा सिकेका ज्ञान सीप व्यबहारमा उतारेर जिवनमा अगाडी बढ्न अनुरोध गर्नुभयो ।

    कार्यक्रममा रम्भा गाउँपालिकाका शिक्षाशाखा प्रमुख तथा प्रशिक्षक श्रोतव्यक्ती काशिराम बस्यालले जीवन नै सिकाइ भएकोले सिक्दै जानू र अबलम्बन गर्नु नै महत्त्वपूर्ण हुने बताउनुभयो । पत्रकार तथा तालिमका प्रशिक्षक सीता डोटेलले छोटो तालिम प्रयाप्त नहुने भएकाले तालिम समापन संगै उद्धोषण कला सहभागीको जिवनमा लागू गराउने शुरुवात भएकोले गाउँठाउको भेला बैठक कार्यक्रमबाट सिक्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । सोही अबसरमा स्थानीय समाजसेवी छबिलाल खनाल, बिन्दु पन्तले स्थानियको अग्रसर र तालिमको आबश्यकतार सान्दर्भिकताको बिषयमा बोल्नुभएको थियो ।
    तालिममा सहभागी दुर्गा अर्याल र साबित्रीमाया सारुले तालिमले धेरै कुरा सिकाएको बताउदै अब उठेर बोल्न सक्ने आट गराएको बताउनुभयो ।
    सोही अबसरमा आयोजक हुगी सामुदायिक सिकाई केन्द्रले प्रशिक्षकलाई दोसल्ला र मायाको चिनोले सम्मान गरेको थियो भने सहभागीलाई प्रमाण पत्र प्रदान गरेको थियो ।
    तालिममा सिकाई केन्द्र र विभिन्न समुहका गरि ५१ जना सहभागी रहनुभएको थियो । ३ दिने तालिममा पत्रकारहरु माधब अर्याल, मुक्ती न्यौपाने, सीता डोटेल र श्रोतव्यक्ति काशिराम बस्यालले सहजिकरण गर्नुभएको हो ।

    सामुदायिक सिकाई केन्द्रका अध्यक्ष नारायण प्रसाद भट्टराईको अध्यक्षतामा भएको समापन कार्यक्रममा सम्पुर्णलाई धन्यवाद केन्द्रका सदस्य दिनेश भट्टराईले व्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन सहभागी निर्मला गहिरेले गर्नुभएको हो ।
    यसैबीच सस्थाले समाजसेवी बिन्दु पन्तलाई सस्थाको सल्लाहकार सदस्यमा मनोनीत गरेको छ ।

     

  • २७ पुष २०७८, मंगलवार १६:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images