वेस्ट इन्डिजद्वारा नेपाललाई ३४० रनको विशाल लक्ष्य
  • CIA Khabar

  • काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप छनोट खेलमा वेस्ट इन्डिजका कप्तान शाई होप र निकोलस पुरनको शतकमा नेपाललाई जितको लागि तीन सय ४० रनको विशाल लक्ष्य दिएको छ ।

    जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै तीन सय ३९ रनको योगफल बनायो । वेस्ट इन्डिजका कप्तान शाई होपले सर्वाधिक एक सय ३२ रनको योगदान दिए । उनले एक सय २९ बल खेल्दै १० चौका र तीन छक्का प्रहार गर्दै एक सय ३२ रनको योगदान दिएका हुन ।

    त्यस्तै निकोलस पुरनले एक सय १५ रन बनाए । उनले ९४ बलमा १० चौका र चार छक्कासहित एक सय १५ रनको योगफल बनाएका हुन् । चौथो विकेटका लागि पुरन र होपले दुई सय १६ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए ।

    ब्रेन्डन किङ्गले ३२ रन जोडे । उनले ४२ बल खेल्दै दुई चौका र दुई छक्काको मद्दतमा ३२ रन बनाएका हुन् । यस्तै रोभम्यान पावेलले २९ रन बनाए । उनले १४ बल खेल्दै तीन चौका र एक छक्का प्रहार गर्दै २९ रन बनाएका हुन् । वेस्ट इन्डिजका सुरुआती व्याट्सम्यान कायल मेयर्सलाई एक रनमा आउट भए भने जासोन होल्डरले अविजित १६ रन बनाए ।

    बलिङतर्फ नेपालका ललित राजबंशीले तीन विकेट लिए भने करण केसी, गुलशन झा, सन्दिप लामिछाने र दीपेन्द्रसिह एरीले समान एक(एक विकेट लिए । नेपाललाई उक्त प्रतियोगिताको सुपर सिक्समा पुग्नको लागि वेस्ट इन्डिजविरुद्धको खेल जित्नै पर्ने दबाब रहेको छ ।

    यसअघि भएको पहिलो खेलमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले अमेरिकालाई छ विकेटले हराएको थियो । नेपाल अहिले जवाफी व्याटिङमा उत्रेको छ ।

     

     

  • ७ असार २०८०, बिहीबार १७:१७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images