साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले भारतसँग खेल्दै
  • CIA Khabar

  • काठमाडौँ– १४औँ साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले भारतसँग खेल्दैछ ।

    बैंगलोरस्थित श्री कान्तिराव स्टेडियममा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुने खेलमा नेपाल पहिलो जित निकाल्ने योजनामा रहेको छ । त्यस्तै भारत नेपाललाई हराएर सेमिफाइनलमा प्रवेश गर्न चाहन्छ ।

    सेमिफाइनलको यात्रा तय गर्न नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ ।

    साविक विजेता भारत र उपविजेता नेपालबीचको आजको खेल रोमान्चक हुने अनुमान छ ।

    आफ्नो पहिलो खेलमा नेपाल कुवेतसँग पराजित भएको थियो भने भारतले पाकिस्तानलाई हराएको थियो ।

    अहिलेसम्म नेपाल र भारतबीच भएका २३ प्रतिस्पर्धामा भारतले १६ र नेपालले दुई खेलमा मात्रै जित हासिल गरेका छन् । बाँकी ५ खेल बराबरीमा सकिएका थिए ।

    जारी च्याम्पियनसिपमा समूह ए को भारत तीन अंकसहित शीर्षस्थानमा रहँदा नेपाल भने अंक विहीन हुँदै तेस्रो स्थानमा छ ।

    च्याम्पियनसिपमा नेपाल, आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्स, कुवेत र लेबनान सहभागी छन् ।

    नेपालले समूहको अन्तिम चरणको खेल असार १२ गते पाकिस्तानसँग खेल्नेछ ।

  • ९ असार २०८०, शनिबार १०:४३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images