यूएईले नेपाललाई दियो १८२ रनको लक्ष्य
  • CIA Khabar

  • काठमाडौँ- जिम्बाब्वेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत जारी खेलमा यूएईले नेपाललाई १८२ रनको लक्ष्य दिएको छ । आज जारी सातौँ स्थानको प्लेअफ खेलमा यूएईले नेपालसमक्ष जितको लागि एक सय ८२ रनको लक्ष्य दिएको हो ।

    जिम्बाब्वेको हरारेमा रहेको टाकासिङ्गा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ थालेको युएई ४६ दशमलब ५ ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनको योगफल बनायो ।

    यूएईका लागि वृत्य अरबिन्दले सर्वाधिक ४४ रनको योगदान दिए । उनले ७५ बलमा ४ चौकाको मद्दतमा ४४ रन बनाएका हुन् । त्यस्तै रोहन मुस्तफालले ३५ रन बनाए भने आर्यांश शर्माले २८ रन जोडे । बसिल हमिदले २९ रन बनाए भने सञ्चित शर्माले १२ रन तथा रमिज शाहजादले १० रन बनाए ।

    बलिङतर्फ नेपालका सन्दिप लामिछाने र करण केसीले समान ३ विकेट लिए भने प्रतिस जिसी, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।

    यस खेलको विजेताले सातौँ स्थानको लागि मङ्गलबार आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित टोलीले नवौँ स्थानका लागि अमेरिकासँग खेल्नेछ । अहिले नेपाल जवाफी ब्याटिङमा उत्रेको छ ।

  • १७ असार २०८०, आईतवार १७:१२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images