युरोपा लिगको उपाधि भिल्लारियललाई, उपाधि छिनोफानो गर्न २१ पेनाल्टी प्रहार
  • CIA Khabar

  • स्पेनिस क्लब भिल्लारियलले सिजनको युरोपा लिगको उपाधि जितेको छ।

    बुधबार राति पोल्यान्डमा भएको उपाधि भिडन्तमा भिल्लारियलले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको हो।

    भिल्लारियले इतिहासमा पहिलो मुख्य उपाधि जितेको हो।

    निर्धारित र थप गरिएको समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो। त्यसपछिपछि भएको पेनाल्टी सुटआउटमा भिल्लारियलले ११-१० गोलले खेल जित्यो।

    पेनाल्टी सुटआउटमा दुवै टिमका गोलकिपरबाहेकका खेलाडीले गोल गरेका थिए। भिल्लारियलका गोलकिपर खेरोनिमो रूलीले पनि गोल गर्दा भिल्लारियका टिमका सबै खेलाडीलाई गोल गरे।

    म्यानचेस्टर युनाइटेडका गोलकिपर डेभिड डे गेया भने पेनाल्टी सुटआउटमा गोल गर्न असफल भए। उनको पेनाल्टी प्रहारलाई भिल्लारियलका गोलकिपरले विफल पारेका थिए।

    त्यसअघि २९ मिनेटमा भिल्लारियलले खेलमा अग्रता लियो। मोरेनोले गोल गर्दै भिल्लारियललाई सुरुवाती अग्रता दिलाए।

    ५५ मिनेटमा युनाइटेडले बराबरी गोल फर्काउन सफल भयो। उसका लागि इडिन्सन काभानीले बराबरी गोल गरेका थिए।

  • १३ जेष्ठ २०७८, बिहीबार १८:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images