जिनेदिन जिदानले रियल म्याड्रिडको प्रशिक्षकबाट दिए राजीनामा
  • CIA Khabar

  • जिनेदिन जिदानले स्पेनिस क्लब रियल म्याड्रिडको प्रशिक्षक पदबाट राजीनामा दिएका छन्।

    रियलले जिदानले क्लब छाडेको बिहीबार पुष्टि गरेको हो। रियल र जिदानबीच अझै एक वर्षको सम्झौता बाँकी थियो।

    जिदानको क्लब छाड्ने निर्णयलाई क्लबले सम्मान गर्ने रियलले आफ्नो आधिकारिक वेभ पोर्टलमा लेखेको छ।

    रियल म्याड्रिडका पूर्व खेलाडी जिदान पहिलो पटक सन् २०१६ मा रियलको प्रशिक्षक बनेक थिए।

    जिदानको प्रशिक्षणमा रियलले एक पटक ला लिगा र तीन पटक लगातार युरोपियन च्यम्पियन्स लिगको उपाधि जितेको थियो।

    एक वर्ष क्लब छाडेपछि उनी सन् २०१९ मा दोस्रो पटक रियलको प्रशिक्षक नियुक्त भएका थिए।

    यो सिजन उनको प्रशिक्षणमा रियलले कुनै पनि उपाधि जित्न सकेको थिएन।

    जिदानको प्रशिक्षणमा रियलले २६३ खेल खेल्दा १७४ जित र ३६ हार बेहोर्‍यो। बाँकी खेल बराबरीमा सकिएका थिए।

  • १३ जेष्ठ २०७८, बिहीबार १८:४९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images