आमाले भन्नुभएको थियो, ‘गुगलमा काम गर्ने तिम्रो सपना धेरै ठूलो भाे, यो असम्भव छ’
  • CIA Khabar

  • केही वर्षअघिको कुरा हो । म र मेरी आमा न्युयोर्क सिटीस्थित गुगल अफिसको छेउबाट हिँडिरहेका थियौँ । मैले गुगलको भवनतिर हेरेर आमासित भने, ‘एक दिन म यहाँ काम गर्नेछु ।’

    यो सुनेर मेरी आमा हाँस्नुभयो । त्यो बेला म मुस्किलले अंग्रेजी बोल्न सक्थेँ । तर, मेरो सपना ठूलो थियो । आमाका लागि म एक ‘ड्रिमर’ शिवाय केही थिइनँ ।

    उहाँले मलाई भन्नुभएको थियो, ‘तिमी धेरै ठूलो सपना देखिरहेकी छौ । तिमी त्यहाँ कहिल्यै पुग्न सक्दिनौँ । ल मानेँ, तिमीले लक्ष्यहरू तय गरेकी छौ तर मलाई देखाऊ तिमीले के पायौ ?

    उहाँको यस्तो कुरा मेरा लागि खास मतलवकाे थियाे ।

    केही वर्षपछि आज । मैले उहाँलाई मेरो यो फोटाे खिचिदिन आग्रह गरेँ र भने, ‘आमा मैले गरेँ । मैले तपाईंलाई देखाएँ, मैले के पाएँ । मलाई प्रेरित गरेकोमा धन्यवाद ! गुगलमा आज मेराे दाेस्राे दिन हाे ।

    उहाँले असम्भवप्रायः ठानेको मेरो उपलब्धि देखेर आमा चकित हुनुभयो । र, विगतका सबै कुरा सम्झिनुभयो ।

    मसँग जोडिएका सबैलाई म भन्न चाहन्छु– बुन्नुस् तपाईंका सपना । कसैले तिम्रा सपना ठूला छन् भन्दैमा सपना नत्याग्नुस् । निरन्तर लाग्नुहोस् । त्यही गर्नुहोस्, जुन तपाईंलाई सही लाग्छ । (पब्लिक स्पिकरसमेत रहेकी स्टेफानी न्युसीकाे लिंकडिन प्राेफाइलबाट, यिनी सन् २०१५ मा डाेमिनिकन रिपब्लिकबाट अमेरिका गएकी थिइन्)

  • २१ जेष्ठ २०७८, शुक्रबार १०:३२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images