साइबर सेनाले भौतिक हैन बौद्धिक आक्रमण गर्छ : युवा नेता पहारी
  • राजु दर्शन पहारी

  • काठमाडौ । “इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, इन्टरनेट धोकाधडी, अर्काको पहिचान अनधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड तथा एकाउन्ट आदिको चोरी गरी गरिने बैङ्किङ कसुर, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पुर्‍याउने क्षति लगायत अवैधानिक कार्यलाई पनि साइबर अपराध मानिन्छ । साइबर कानुन बिधुतिय कानुन प्रणाली अन्तर्गत पर्छ ।

    विद्युतीय तथ्याङ्क आदान–प्रदानको माध्यमबाट वा अन्य कुनै विद्युतीय सञ्चार माध्यमबाट हुने कारोबारलाई भरपर्दो र सुरक्षित बनाई विद्युतीय अभिलेखको सृजना, उत्पादन, प्रशोधन, सञ्चय, प्रवाह तथा सम्प्रेषण प्रणालीको मान्यता, सत्यता, अखण्डता र विश्वसनीयतालाई प्रमाणीकरण तथा नियमित गर्ने व्यवस्था गर्न र विद्युतीय अभिलेखलाई अनधिकृत तवरबाट प्रयोग गर्न वा त्यस्तो अभिलेखमा गैरकानुनी तवरबाट परिवर्तन गर्ने कार्यलाई नियन्त्रण गर्नका लागि कानुनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, प्रतिनिधिसभाको घोषणा, २०६३ जारी भएको पहिलो वर्षमा प्रतिनिधिसभाले यो ऐन बनाएको । अब एसलाई यति मात्र बिस्लेषण गरेर पुग्दैन र हुदैन ! किनकि साइबर क्राइम अहिले नेपाल मा पनि बढ्दो छ । अहिले साइबर क्राइम र एसको ब्याख्या नेपालि राजनितिमा छताछुल्ल छ जसको नाम साइबर सेना हो । एसको उच्चारण नेकपा एमाले का युवा नेता तथा पुर्व मन्त्री महेस बस्नेत ले गरेका हुन । तर पुर्व मन्त्री बस्नेत ले भने जस्तो साइबर र नेपालि कानुन ले भनेको साइबर फरक हो ।

    जस्तै साइबर क्राइम गर्नेलाई अपराध पुष्टि भएमा ५० हजार देखि ३ लाख सम्म जरिवाना र ५ महिना देखि ५ वर्ष सम्म कैद सजाय हुन सक्छ । यो हाम्रो कानुन ले भन्छ र त्यो घटना को प्रक्रीति पनि हेरिने हुन सक्छ १ साइबर सेना बिधिवत रुपमा रास्ट्रीय युवा संघ नेपाल को बिधान मा वा बिभागमा लिपिबध्द छैन । तर एसको सम्रचना लगभग तयार भयको छ । साइबर भन्ने बित्तिकै सामाजिक संजाल, नेट, इन्टरनेट प्रयोग गर्ने भन्ने बुझिन्छ र सेना भन्ने बित्तिकै कम्ब्याट ड्रेस सहितको रक्षक वा बन्दुकधारी भन्ने बुझ्छौ । तर पुर्व मन्त्री महेस बस्नेत को अलग परिभाषा छ “यो सेना ले बन्दुक हैन कलम भिर्छ , भौतिक आक्रमण हैन बौद्धिक आक्रमण गर्छ” र सत्य पनि त्यहि हो ।

    साइबर सेनाको अवधारणा अगाडि आय पछि अहिले सामाजिक संजाल फेसबुक मा लगभग १३ लाख जति सदस्य छन जसका नाम स् साइबर सेना नेपाल सबै प्रदेश मा प्रदेश स्थरिय छन , केपि ओलि समर्थक साइबर सेना, केपि बा समर्थक साइबर सेना, साइबर सेना नेपाल, महेस बस्नेत समर्थक साइबर सेना , नेकपा एमाले साइबर सेना, रास्ट्र नायक केपि ओलि पक्षधर साइबर सेना , राजनेता केपि ओलि समर्थक साइबर सेना, साइबर सेना समुह लगायत हरेक जिल्लामा पनि जिल्ला मातहतमा साइबर सेना खडा भयको छ ।

    अब एसको सरंचना कस्तो हुन्छ र कति सम्म काम गर्छ भबिष्यको कुरा हो तर हाल नेकपा एमाले भित्र केपि वलि को समुह बाट प्रबाहित युवा पुस्ता र बौध्दिक जगत एसको सदस्य हुन चाहन्छन जसले सामजिक सजांल र नेट इन्टनेट को भरपुर प्रयोग गर्छन । कतिपय दिग्गज ब्याक्तिहरु लाई साइबर सेना पति, साइबर मेजर, साइबर क्याप्टेन, साइबर लेफ्टेन साइबर सेना भनेको देख्न पाइन्छ जसले बौद्धिक तवर ले बिरोधि सङ सामाजिक संजाल मार्फत लड्छ । बिरोधि भन्ने बित्तिकै को को हुन त भन्ने प्रस्न आउन सक्छ सिदा अर्थमा बिरोधि भन्ने बित्तिकै नेकपा एमाले का अध्यक्ष तथा मुलुकका प्रधानमन्त्री केपि शर्मा वलि ले राम्रो गर्दा गर्दै त्यसलाई गुमाई फिराई गलत साबित गर्न खोज्ने मिसन पत्र पत्रीका वालाहरु र केहि बौद्धिक अराजकतावादी डलरेहरु का बिरुद्ध आवाज बुलन्द गरि नेपाल लाई सहि मार्ग निर्देश गर्ने केपि वलि लाई समर्थन गर्ने , यत्ति बुझौ अहिले लाई ।

    वाइसियल को ज्यादती बिरुद्ध युथ फोर्स थियो !
    बौध्दिक अराजकता बिरुद्ध साइबर सेना छ !

    एसरी बुझ्दा अझ सहज हुन्छ ।

    युरोप, अमेरिका र छिमेकि रास्ट्र भारत र चिन इन्टनेट को अत्यधिक पहुच भयको मुलुकहरु हुन । यहा साइबर क्राइम पनि बड्दो छ । त्यसकै शृङ्खला मा नेपाल मा पनि साइबर क्राइम को बृद्धि दर उच्च हुदै छ किनकि अहिले गाउ गाउ देखि हरेक स्थान मा नेट को सुबिधा छ । केहि ले सहि सदुपयोग गर्छन त केहिले फाइदा उठाउछन । एसै सन्दर्भ मा सहज पहुच र दिमागि चेतना को भरपुर प्रयोग गर्दै दुस्मनहरुलाई घर कै मोबाइल , कम्युटर , ल्यापटप बाट प्रहार गरि सहि नेतृत्व लाई सहि काम गर्न सहज बातावरण निर्माणमा साइबर सेना ले भुमिका खेल्ने छ र एसको प्रयोग त्यहि माध्यम बाट गर्दै छ र गर्छ ।

    सेना भन्ने बित्तिकै अलिक अलग परिभाषा भय र अलिक बिबादित भय पनि एसको प्रयोग कहाँ हुन्छ र कस्लाई हुन्छ भन्ने कुरा माथि उल्लेख गरिसकेको छु ।
    साथै साइबर मुद्धा र सजाय अनि ऐन को बारेमा पनि उल्लेख गरि सकेको छु । यो साइबर सेना ले सबै ऐन लाई भरपुर सहयोग गर्छ , राज्यका सबै निकाय लाई सम्मान गर्छ । सबै निकाय लाई सहयोग गर्छ मात्र राज्य लाई बिफल पार्ने मिसनकारिता का बिरुद्ध फायर खोल्छ । नवनिर्वाचित रास्ट्रीय युवा संघ नेपाल का केन्द्रीय अध्यक्ष किरण पौडेल ले एक अन्लाइन पत्रीकालाई दियको अन्तरवार्ता मा पनि अब साइबर सेना ले फायर खोल्ने बतायका छन । यो फायर एस अघि पनि खुलेको छ र खुल्लै छ अब को फायर ले कति कति लाई दिमागि आक्रमण गर्छ त्यो हेर्न बाकि छ ।

    १३ लाख सदस्य भयको बिशाल समुह ले एक साथ फायर खोल्यो भने निलम्बित नेकपा एमाले का पुर्व उपाध्यक्ष भिम रावल ले भने झै ञञञमलाई साइबर सेना ले आक्रमण गरि घाइते बनायो झझ भन्ने आवज यत्रतत्रसर्वत्र सुन्न पाइने छ ।किनकि भिम रावल अराजकतावादी हुन उनलाई साइबर सेना ले गतिलो बौद्धिक मार्ग देखायको छ जुन कुरा उनको भनाई बाट प्रस्ट हुन्छ । एस्तै एस्तै अराजकतावाद बिरुद्धको लडाई लाई सहज तवर ले परास्त गर्दै सहि नेतृत्व लाई सहि ठाउँमा सहयोग गर्ने र नेपाल मा स्थिरता कायम गर्न साइबर सेनाको अमुल्य योगदान रहने छ । साइबर सेना साइबर क्राइम का बिरुद्ध छ नेपाल मा अझै कडा कानुन लागु हुन पर्छ भन्ने मान्यता राख्द्छ ।

    सहि क्रीया लाई सहि प्रक्रीया बनाई स्थाइ राजनिति को पक्ष मा निरन्तर साइबर सेना लागि पर्द्छ । एसको सहि प्रयोग र सभ्य प्रयोग गर्न सबै तत्पर हुनु पर्छ । एसले नेपालि राजनीति मा ठुलो परिवर्तन गराउन सक्छ किनकि सामाजिक संजाल को शक्ति दिनानुदिन बड्दै छ । यहि साइबर सेना हो जसले अहिले को तरल राजनितिलाई बाद बिबाद बाट माथि उठेर स्थिर राजनितिको वकालत गरेर सामाजिक संजालमा एउटा बौध्दिक आचरण प्रस्तुत गरि नेकपा एमाले का अध्यक्ष तथा प्रधानमन्त्री लाई उच्च सम्मान दियको थियो ।

    तसर्थ रास्ट्रीय युवा संघ नेपाल ले एसको प्रस्ट अवधारणा अगाडि ल्याइ जनता लाई सहि सुचनाको हक बाट सुरक्षित अवतरण गराउन आवश्यक छ । अब को नेतृत्व ले साइबर सेना लाई बिभागिय जिम्मा दिइयोस र बौध्दिक अराजकतावाद बिरुद्ध डटेर लड्न प्रोत्साहन गरोस ।”

    ( लेखक: नेकपा एमाले बर्दिया जिल्ला कमिटि सदस्य, रास्ट्रीय युवा संघ नेपाल का केन्द्रीय सचिवालय सदस्य तथा बर्दिया जिल्ला सयोजक हुन । )

  • १ असार २०७८, मंगलवार ०८:२४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images