बाढीबारे थाहा पाउन ११५५ मा फोन गर्नुहोस्
  • CIA Khabar

  • काठमाडौँ । बाढी पहिरोबाट हुने जनधनको क्षति रोक्न पूर्व सूचना प्रणालीलाई व्यवस्थित गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका अनुसार वर्षा र बाढीबारेको जानकारी थाहा पाउन ११५५ नम्बरमा फोन गर्न सकिन्छ । यस्तै ११४९ नम्बरमा फोन गरेर उद्धारको लागि सहायता माग्न सकिन्छ ।

    यस वर्ष बाढी तथा पहिरो दुवैको पूर्वानुमान गर्न सकिनेगरी प्रणालीको विकास गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार पहिलेका वर्षहरुमा बाढीको मात्र पूर्वानुमान गर्ने गरिएकोमा यस वर्षदेखि पहिरोको पनि पूर्वानुमान गर्न सकिने सूचना प्रणाली विकास गरिएको छ । पहिरोको अति जोखिम रहेका नौ जिल्लामा यो प्रणाली विकास गरिएको पनि प्राधिकरणले जनाएको छ ।

    यस्तै जल तथा मौसम विज्ञान विभागको वेबसाइटमार्फत वर्षा र बाढीको अवस्था तथा पूर्वानुमान पनि दिने गरिएको छ । बाढी सम्भावित क्षेत्रमा साइरन बजाएर तथा एसएमएस पठाएर पनि सावधानी अपनाउन आग्रह गर्ने गरिएको विभागले जनाएको छ । यस वर्ष देशभर गएको वर्षभन्दा बढी पानी पर्ने मौसमविदले यसअघि नै बताइसकेका छन् ।

  • २ असार २०७८, बुधबार ०९:०३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images