बुद्धभूमि नगरपालिका द्वारा ३२ कृषकलाई कृषियन्त्र वितरण
  • CIA Khabar

  • कपिलवस्तु।  कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका ३२ जना कृषकलाई मिनि टिलर वितरण गरिएको छ । साना कृषि यन्त्र उपकरण वितरण कार्यक्रम अनुसार नगर प्रमुख केशव कुमार श्रेष्ठले नगरका ३२ जना कृषकलाई उक्त मिनि टिलर वितरण गरिएको हो ।

    May be an image of one or more people, people standing and outdoors

    किसानको ५० र नगरपालिकाको ५० प्रतिशत अनुदानमा माग र आवश्यकताका आधारमा उक्त मिनि टिलर वितरण गरिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

    May be an image of outdoors

    चालु आवमा नगरले किसानका लागि आधुनिक कृषि सामग्री वितरणको कार्यक्रम ल्याएको भन्दै केही दिनमा अझै कृषियन्त्र वितरणको तयारी रहेको उहाँले बताउनुभयो ।

    May be an image of standing and grass

    नगरपालिकाका कृषि शाखा प्रमुख देवीराम बेल्वासेले नगरभित्र चाप कटर १५ जना, ब्रस कटर ७ जना, पम्प सेट ७ जना र मोटर दुई जनालाई ५०र५० अनुदानमा दिइएको बताउनुभयो ।

    May be an image of one or more people, people standing and outdoors

    किसान स्वयमले यी सामग्री खरिद गरी भुक्तानीको लागि नगरपालिकामा बील पेश गरेपछि अनुदान रकम दिइने उहाँले बताउनुभयो ।

    May be an image of one or more people, people standing and outdoorsशाखा प्रमुख बेल्वासेका अनुसार मिनि टिलरका लागि ३५ हजार, चाप कटरका लागि २० हजार, ब्रस कटरका लागि १२ हजार ५ सय, पम्प सेटका लागि २३ हजार, मोटरका लागि १५ हजार र कम्बाइल मिलका लागि २२ हजार ५ सय रकम किसानले आफ्नो खातामा पाउने उहाँले बताउनुभयो ।

    May be an image of 1 person, standing and outdoors

    नगरपालिकाले किसानका लागि कोटा तोकेरै अनुदानका लागि मागको सूचना निकालेको थियो ।

    May be an image of 1 person, standing and outdoorsस्थानीय र प्रदेश भित्र सूचिकृतमा रहेका सप्लार्यसबाट किसान स्वयमले सामग्री खरिद गरी आवश्यक अनुदान रकम पाएका हुन् ।

    May be an image of 1 person, standing and outdoors

    कृषि क्षेत्रमा यान्त्रिकरण गरी उत्पादन लागत कम गर्नका लागि अनुदानमा सामग्री दिइएको बेल्वासेले बताउनुभयो ।

    May be an image of standing and grass

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले नगरले चालु आवमा किसान केन्द्रित विभिन्न अनुदानका कार्यक्रम ल्याएको बताउनुभयो । किसानलाई व्यवसायिक बनाई आत्मनिर्भर बनाउनका लागि अनुदानमा विभिन्न उपकरण दिइएको उहाँले बताउनुभयो ।

    May be an image of standing, outdoors and tree

    यो बर्ष नगरले कृषिका लागि मासु पसल सुधार, डेरी सुधार, भकारो सुधार, मिनि टिलर, पानी तान्ने पम्पमा अनुदान दिने उहाँले बताउनुभयो ।

  • १४ असार २०७८, सोमबार १८:३२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images