दुई लघुवित्तको शेयरमूल्य समायोजन
  • CIA Khabar

  • नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई लघुवित्तको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेले स्वरोजगार लघुवित्त र आशा लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो।

    दुबै लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

    नेप्सेले यस दिन स्वरोजगार लघुवित्तको २५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो भने आशा लघुवित्तको पनि २५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात स्वरोजगारको शेयरमूल्य १ हजार २७२ रुपैयाँ र आशाको १ हजार ५१९ रुपैयाँ ९२ पैसा तोकिएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार स्वरोजगारको शेयर प्रतिकित्ता १ हजार ५९० रुपैयाँ र आशाको १ हजार ८९९ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो।

    आशा लघुवित्त (ALBSL) ले लाभांश प्रस्ताव पारित गर्न कात्तिक २७ गते शनिबार फल एण्ड ट्राउट भिलेज होटल एण्ड रेस्टुराँ, ककनीमा पाँचौ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।

    सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १।३१५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, अन्य लघुवित्तहरुसँग मर्जर तथा एक्विजिशन सम्बन्धी प्रक्रिया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

    त्यसैगरी, स्वरोजगार लघुवित्त (SLBBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न कात्तिक २७ गते शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा तेह्रौँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

    सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, अन्य लघुवित्तहरुसँग मर्जर तथा एक्विजिशन सम्बन्धी कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

  • १२ कार्तिक २०७८, शुक्रबार २२:२८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images