आइपीओ भर्नेहरूलाई खुशीको खबर
  • CIA Khabar

  • पुँजी बजारमा नयाँ कम्पनी थपिने क्रम जारी छ । यसैक्रममा पछिल्लो तथ्यांक अनुसार नेपाल धितोपत्र बोर्डमा अहिले आइपीओ अनुमति माग्ने कम्पनीहरुको संख्या अहिले २२ पुगेको छ । यसमध्ये रिलायन्स लाइफ इन्सुरेन्सले प्रिमियममा आइपीओ बिक्री गर्न अनुमति मागेको छ । रिलायन्सले प्रतिकित्ता २१२ रुपैयाँमा आइपीओ बिक्री गर्न अनुमति मागेको हो । बोर्डको पाइपलाइनमा रहेका २२ कम्पनीले (करिब ६ अर्ब रुपैयाँ) कुल ५ अर्ब ९५ करोड ३२ लाख ८९ हजार ४०० रुपैयाँ बराबरको आइपीओ निष्कासन अनुमति मागेका छन् ।

    यी सबै कम्पनीको आइपीओलाई बोर्डले अनुमति दिएमा बजारमा कुल ५ करोड २८ लाख १२ हजार ८९४ कित्ता सेयर थपिनेछ । धितोपत्र बोर्डमा आइपीओ निष्कासनका लागि अनुमति माग्नेमा अधिकांश कम्पनीहरु जलविद्युत समूहका रहेका छन् । आइपीओ निष्कासनका लागि अनुमति माग्ने २२ कम्पनी मध्ये १३ जलविद्युत कम्पनी रहेका छन् । ६ लघुवित्त कम्पनी, २ इन्सुरेन्स कम्पनी र अर्को डिस मिडिया नेटवर्क रहेको छ ।

  • १२ कार्तिक २०७८, शुक्रबार २२:३४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images