एमाले छाडेर माओवादीमा आएकी सांसद विमलाको घरमा कालो झण्डा
  • CIA Khabar

  • दाङ । एमाले छाडेर माओवादी केन्द्र प्रवेश गरेकी लुम्बिनी प्रदेशसभा विमला वलीको घरमा कालो झण्डा राखिएको छ ।

    आज बिहानै तुलसीपुर ६ टरीगाउँस्थित सांसद वलीको घरको गेटमा कालो झण्डा देखेको छिमेकी डम्बर भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार आज बिहान करिब ८ बजे मोटरसाइकलमा आएका दुई युवाले झण्डा तानेर लगिसकेका छन् ।

    इलाका प्रहरी कार्यालय तुलसीपुरले सांसद वलीको घरमा कालो झण्डा राखेको खबर पाएपछि प्रहरी पुगेको र त्यतिबेला झण्डा नभेटिएको जनाएको छ । तुलसीपुरका डीएसपी शिव सिंहले कालो झण्डा राख्ने व्यक्तिको खोजी भइरहेको बताए ।

    वली टरीगाउँको त्यो घरमा ताला लगाएर घोराही भाडामा बस्दै आएकी छन् ।

  • २४ बैशाख २०७८, शुक्रबार १२:३५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images