सुनचाँदीको मूल्य सोच्नै नसकिने गरि बढ्यो, कतिमा हुँदैछ कारोबार ?
  • CIA Khabar

  • काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको भाउ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन तोलाको ९१ हजार ७ सय रुपैयाँ तोकिएको छ । बिहीबार तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोलामा एक हजार एक सय रुपैयाँ वृद्धि भएको हो ।

    आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार २ सय रुपैयाँ कायम भएको छ । त्‍यस्‍तै आज चाँदी तोलामा एक हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार तोलाको १ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदीको थियो ।

  • २४ बैशाख २०७८, शुक्रबार १२:५४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images