राजेन्द्र महतोको ‘यूटर्न’ पछि एक्लिए महन्थ ठाकुर
  • CIA Khabar

  • काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयले दुई कित्तामा बाँडिएको जनता समाजवादी पार्टी (जसपा) अन्ततः विभाजनको डिलबाट जोगिएको सो पार्टीका नेताहरुले दाबी गरेका छन् । पार्टीका वरिष्ठ नेताहरु केपी ओलीलाई समर्थन नगर्ने निचोडमा पुगेपछि जसपाभित्रको शक्ति सन्तुलनमा फेरबदल आएको छ ।

    महन्थ ठाकुरलाई साथ दिँदै आएका राजेन्द्र महतो, शरतसिंह भण्डारी र राजकिशोर यादवसमेत केपी ओलीलाई समर्थन नगर्ने भन्दै ठाकुरको हस्ताक्षर अभियानबाट अलग्गिएका छन् । महतो, भण्डारी र यादवले महन्थको साथ छाडेपछि उनीसँग अब ४/५ जना मात्रै सांसदहरु रहेको जसपाका नेताहरु बताउँछन् ।

    अब ठाकुरले मात्रै केपी ओलीलाई सघाएर ओलीको बहुमत नपुग्ने भएको छ भने जसपालाई विभाजन गराउने ओलीको योजना पनि अब साकार नहुने नेताहरुको भनाइ छ ।

    यसअघि अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोसँग प्रधानमन्त्री ओलीले सघन सम्वाद अगाडि बढाएका थिए । उनीहरुलाई आफ्नो पक्षमा पार्नकै लागि सरकारले सयभन्दा बढी जसपा कार्यकर्ताको मुद्दासमेत फिर्ता लिएको थियो । तर, रेसम चौधरीलाई भने सरकारले अहिलेसम्म रिहा गरेन । साथै लुम्बिनी प्रकरणपछि जसपाका नेताहरु ओलीसँग थप बिच्किए । अब जसपाले केपी ओलीलाई विश्वासको मत नदिने र पार्टी एक ढिक्का रहने जसपाका नेता डम्बर खतिवडाले बताएका छन् ।

  • २४ बैशाख २०७८, शुक्रबार १३:२९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images