‘एमाले–एमाले’ भिडन्तमा नेमकिपाको इन्ट्री
  • CIA Khabar

  • बागमती । आगामी जेठ ६ गते हुन लागेको राष्ट्रिय सभाको उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीले पनि उम्मेदवारी दिएको छ । शुक्रबार बागमती प्रदेशको निर्वाचन आयोग कार्यालयमा नेमकिपाको तर्फबाट कृष्णबहादुर तामाङले मनोनयन दर्ता गराएका छन् । सांसद सुरेन्द्रराज गोसाईको प्रस्तावमा सांसद सिर्जना सैज्युले तामाङको उम्मेदवारीको समर्थन गरेकी छिन् ।

    तामाङभन्दा अगाडि कांग्रेस, माओवादी केन्द्र, एमालेको नेपाल समूह र जसपाको गठबन्धनबाट डा। खिमलाल देवकोटा र नेकपा एमाले ओली समूहबाट गृहमन्त्री रामबहादुर थापाले मनोनयन दर्ता गराएका थिए ।

  • २४ बैशाख २०७८, शुक्रबार १३:३१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images