अक्सिजन सिलिण्डर लिन वाइड बडी बेइजिङ उड्दै
  • CIA Khabar

  • काठमाडौं । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाज यही वैशाख २७ गते चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन वाइड बडी जहाजले बेइजिङ उडान भर्ने तयारी गरेको निगमले जनाएको छ ।

    वाइड बडी जहाजले चीनबाट चार सय थान अक्सिजन सिलिण्डर र २० थान भेन्टिलेटर नेपाल ल्याउनेछ । उक्त प्रयोजनका निम्ति निगमको वाइड बडी जहाज सोमबार बिहान ११ः३० बजे बेइजिङ प्रस्थान गर्ने र भोलिपल्ट अपराह्न २ः३५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

    निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहबमोजिम चीनबाट अक्सिजन सिलिण्डरसहितका स्वास्थ्य सामग्री लिन निगमले वाइड बडी जहाज पठाउने तयारी गरेको जानकारी दिनुभयो ।

    चीनबाट स्वास्थ्य सामग्री ल्याइदिन स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेको छ, हामी ९निगम० ले जहाज पठाउनका लागि आफ्नो तयारी थालिसकेका छौँु, उहाँले भन्नुभयो । चीनले २० हजार अक्सिजन सिलिण्डर अनुदानमा दिने जनाइएको छ ।

  • २४ बैशाख २०७८, शुक्रबार २३:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images