कोरोनाविरूद्ध लड्न क्रिकेटर कोहली दम्पतीले गरे करोड सहयोग
  • CIA Khabar

  • काठमाडौँ । भारतीय क्रिकेट कप्तान विराट कोहली र उनकी पत्नी नायिका अनुष्का शर्माले कोरोना भाईरसको महामारीविरुद्ध लड्न २ करोड भारतीय रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेका छन् ।

    कोरोनाविरुद्ध लड्न उनीहरूले आर्थिक संकलन अभियान पनि थालेका छन् । कोहली दम्पतीले केट्टो प्लाटफर्मबाट युनाईटेड वे अफ बेन्ग्लुरुनामक एनजीओसँग मिलेर अभियान सुरु गरेका हुन् ।

    यस अभियानबाट ७ करोड संकलन गर्ने लक्ष्य रहेको बताईएको छ । उक्त अभियानकै लागि कोहली दम्पतीले २ करोड दिने घोषणा गरेका हुन् ।

  • २५ बैशाख २०७८, शनिबार ०७:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images