आईपीएल खेल्न भारत आएका अष्ट्रेलियन खेलाडी माल्दिभ्समा
  • CIA Khabar

  • काठमाडौँ । आईपीएल टी-ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्न भारत आएका अष्ट्रेलियाका खेलाडीहरु माल्दिभ्स पुगेका छन् ।

    कोरोना भाइरसको महामारी फैलिएपछि अनिश्चितकाललाई खेल स्थगित भएपछि अष्ट्रेलियाका खेलाडीहरू माल्दिभ्स पुगेका हुन् । उनीहरू माल्दिभ्स हुँदै अष्ट्रेलिया फर्कन खोजे पनि प्रतिबन्ध नखुलेका त्यही रोकिएका छन् ।

    अष्ट्रेलिया सरकारले भारतबाट आउनेलाई प्रतिबन्ध लगाएपछि उनीहरू माल्दिभ्स पुगेका हुन् । अष्ट्रेलिया सरकारले मे १५ सम्म भारतबाट आउनेलाई रोक लगाएको छ ।

    आईपीएलमा आबद्द अष्ट्रेलियनमध्ये चेन्नई सुपर किङ्सका ब्याटिङ प्रशिक्षक माइक हस्सीलाई कोरोना पुष्टि भएपछि उनी भारतमै क्वारेन्टाइनमा बसेका छन् ।

  • २५ बैशाख २०७८, शनिबार ०७:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images