महात्मा गान्धीको एक प्रेरक प्रसङ्ग
  • CIA Khabar

  • विहारको चम्पारन जिल्लामा गोरा मालिकहरुले किसानलाई विभिन्न किसिमका यातना दिइरहेका थिए । गान्धीले त्यहाँ गएर उनीहरुको दुःखद स्थितिको जाँच सुरु गरे । कसैले गान्धीसँग भन्यो— यस क्षेत्रका गोरा अत्यन्त क्रूर छन् । उनीहरुले तपाईंलाई मार्न हत्याराहरु तैनाथ गरेका छन् ।

    यस्तो सुनेर त्यसै रात गान्धी एक्लै गोराहरु बस्ने ठाउँमा पुगे ।

    एक गोराले सोध्यो— मिस्टर गान्धी, तपाईं यहाँ ? यति राति ?

    गान्धीले मुस्कुराउँदै जवाफ दिए— मैले सुनेअनुसार मलाई मार्नका लागि तपाईंहरुले केही व्यक्तिलाई भाडामा राख्नुभएको छ रे ? तपाईंले यो समस्या किन झेल्नुपर्‍यो ? त्यसैले म आफै एक्लै तपाईंकोमा आएँ, ताकि तपाईंहरुले आफ्नो इच्छा पूरा गर्न सक्नुहोस् ।

    गान्धीको निर्भिकता देखेर गोरा दङ्ग पर्‍यो र खुट्टा समाते माफी माग्न थाल्यो ।

    साभार : ‘महान् व्यक्तिका प्रेरक प्रसङ्गहरु’ किताबबाट

  • २५ बैशाख २०७८, शनिबार ०७:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images