संक्रमण बढेपछि जापानमा फेरि बढाइयो आपतकाल
  • CIA Khabar

  • काठमाडौँ । कोरोना संक्रमण बढेपछि जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइएको छ ।

    जापान सरकारले टोकियो, ओसाका, ह्योगो र क्योटोमा ११ मे सम्म लगाइएको प्रतिबन्धलाई मे महिनाभर पुर्‍याएको हो ।

    टोकियो ओलम्पिक हुन तीन महिना बाँकी रहँदा विभिन्न शहरमा आपतकालको समयावधि बढाइएको हो ।

    प्रधानमन्त्री योशीहिडे सुगाले आज आइची र फुकुओकामा पनि आपतकालीन अवस्था लागू गरिएको बताएका छन्‌ ।

    टोकियो ओलम्पिक आयोजक समितिका अध्यक्ष सिको हासिमोतोले ओलम्पिक आयोजना हुन कठिन रहेको बताएका छन् ।

    संक्रमण बढ्दै गएमा टोकियो ओलम्पिक हुने नहुनेमा अन्योल बढेको बीबीसीले उल्लेख गरेको छ ।

    कोरोना महामारीकै कारण २०२० मा ओलम्पिक स्थगित गरी २०२१ जुलाइमा सारिएको थियो ।

  • २५ बैशाख २०७८, शनिबार १०:५५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images