केही दिनमै सरकारले नागरिकको घर दैलोमा गएर सेवा दिन्छ: मन्त्री गुरुङ
  • CIA Khabar

  • काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्गले केही दिन भित्र नै कोभिड संक्रमितका लागि सरकारले नागरिकको घरदैलोमै गएर स्वास्थ्य सेवा सञ्चाल गर्ने बताउनुभएको छ ।

    छैटौँ पत्रकारिता दिवसका अवसमा शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले आफन्त नभएका र सबै परिवार कोभिडबाट संक्रमित भएका परिवारलाई स्वास्थ्य सेवा दिनेगरी स्वास्थ्य सेवा सञ्चालन गरिने जानकारी गराउनुभयो । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङ्गले कसैलाई पनि कुनै पनि खाद्यपदार्थको अभाव हुन नदिने गरी स्वास्थ्य जस्तै तरकारी लगायत अत्यावश्यक खाद्यपदार्थको पनि ‘डोर टु डोर सेवा’ सञ्चाल गरिने आश्वासन दिनुभयो ।

    उहाँले भन्नुभयो, “परिवार नै कोभिड संक्रमण देखिएको छ । आफन्त छैनन् सबै आइसोलेसनमा छन् भने हामी डोर टु डोर सेवा दिने मेडिकल टिम सहितको गाडी दौडिने छ । त्यसको नेपाल रेडक्रसले त्यसको संयोजन गर्ने छ ।”

  • २५ बैशाख २०७८, शनिबार १३:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images