तमिलनाडुमा सोमबारदेखि २ हप्ता लकडाउन
  • CIA Khabar

  • नयाँ दिल्ली । भारतको दक्षिणी राज्य तमिलनाडुको सरकारले सोमबारदेखि दुई हप्ताका लागि बन्दाबन्दी (लकडाउन) गर्ने भएको छ ।

    भारतमा कोभिड–१९ सङ्क्रमण दरमा उच्च रहेका समय तमिलनाडु राज्य सरकारले दुई हप्ताका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

    उक्त राज्यमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै उच्च ९२६ हजार सङ्क्रमित० भेटिएको एक दिनपछि यो निर्णय गरेको हो ।

    राज्यका नवनिर्वाचित मुख्यमन्त्री एक के स्टालिनले भने, “तमिलनाडुमा मे १० तारिख विहान ४ बजेदेखि लागू हुनेगरी अतिआवश्यक सेवाबाहेक सबै क्षेत्रलाई दुई हप्ताका लागि पूर्णतया लकडाउन गरिएको छ ।”

    तमिलनाडुमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या उच्च देखिएपछि बन्दाबन्दी ‘अपरिहार्य’ भएका कारण यो निर्णय लिइएको उनले बताए ।

    अधिकारीहरूले भने कि तालाबन्दी लगाउने निर्णय एक बैठकमा मुख्यमन्त्रीले प्राप्त गरेको सूचनाको आधारमा लिइएको हो।

    सरकारले जारी गरेको निर्देशन अनुसार बन्दाबन्दीका क्रममा बैंकलाई ५० प्रतिशत कर्मचारीद्वारा सेवा सञ्चालन गर्न पाइने छ भने खाद्यान्न तथा अतिआवश्यक अन्य सेवालाई कोभिड–१९ नियन्त्रणका लागि जारी गरिएका नियम पालना गर्दै जारी राख्न भनिएको छ ।

  • २६ बैशाख २०७८, आईतवार ०८:१९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images