बार्यन म्युनिखलाई लगातार नवौँ पटक बुन्डेस लिगाको उपाधि
  • CIA Khabar

  • काठमाडौँ । बायर्न म्युनिखले लगातार नवौँ पटक बुन्डेस लिगा फुटबलको उपाधि जितेको छ ।

    शनिबार दोस्रो स्थानको आरबी लाइपजिग बोरुसिया डर्टमण्डसँग ३-२ ले पराजित भएपछि बायर्न च्याम्पियन बनेको हो ।

    लगातार नवौँ पटक बुन्डेस लिगाको उपाधि जितेको बायर्नको समग्रमा यो ३०औँ बुन्डेस लिगा उपाधि हो ।

    बायर्न ३१ खेलमा ७१ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । बायर्न दोस्रो स्थानको लाइपजिग भन्दा ७ अंकले अघि रहेको छ ।

  • २६ बैशाख २०७८, आईतवार ०८:२२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images