यसरी हटाउन सकिन्छ ‘डार्क सर्कल’
  • CIA Khabar

  • आखाँ मुनि देखा पर्ने कालो घेरालाई अंग्रेजीमा ‘डार्क सर्कल’ भनिन्छ । यसले आँखाको सुन्दरतामा मात्र ह्रास ल्याउदैन अनुहारको सुन्दरतामा समेत नकारात्मक प्रभाव पार्दछ ।

    डार्क सर्कल बढी काम गर्ने, अत्यधिक सोचि रहेन, तनाव लिने, पर्याप्त नसुत्ने लगायतका कारणले आँखा वरिपरि देखापर्ने गर्दछ । यसले मानिसको समग्र सुन्दरतामै ह्रास ल्याउँछ । तर केहि भिटामिनको सेवन गरेमा यस प्रकारको समस्या हट्ने गर्दछ ।

    १- भिटामिन ई
    भिटामिन ईमा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ । यसको सेवनले छालामा जम्मा भएको विकार शरीरबाहिर निकालेर अनुहार चम्किलो बनाउँछ । तसर्थ यो समस्या हटाउन पालुंगो, हाडे बदाम, बदाम, किवी, ओखर जस्ता भिटामिन ईयुक्त खानेकुरा बढी खानुपर्छ ।

    २- भिटामिन ए
    भिटामिन एयुक्त खानाको सेवनले छालाको मर्मत र कसिलो बनाउन मद्दत गर्दछ ।साथै, छालामा रक्तसञ्चार पनि तीव्र हुन्छ । तसर्थ डार्क सर्कल हुनेहरूले गाजर, फर्सी, पाकेको मेवा, आँप, हरियो सागपात आदिको बढी सेवन गर्नु पर्दछ ।

    ३- भिटामिन सी
    भिटामिन सीको सेवनले मष्तिकमा सेराटोनिन नामक रसायन बढी उत्सर्जन गराउँछ, जसले राम्रोसँग निदाउन मद्दत गर्दछ । सुन्तला, कागती, अमला, खर्बुजाजस्ता भिटामिन सीयुक्त खानेकुराको सेवन गरेमा डार्क सर्कल बिस्तारै कम हुँदै जान्छ ।

    ४- भिटामिन के
    भिटामिन केले रगतलाई गाढा बनाउन मद्दत गर्छ र रक्तसञ्चार पनि तीव्र बनाउँछ । अंगुर, ब्लुबेरी, बन्दाकोभी, ब्रोकाउली, केराउ लगायतका भिटामिन केयुक्त खानेकुरा प्रशस्त खाएमा डार्क सर्कल घट्ने गर्दछ ।

  • २६ बैशाख २०७८, आईतवार १६:१० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images