इंलिस प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीलाई
  • CIA Khabar

  • एजेन्सी । इंलिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । लेस्टर सिटीसँग म्यानचेस्टर युनाइटेड २–१ ले पराजित भएसँगै सिटीले अन्तिमतीन खेल खेल्नुअगावै उपाधि जितेको हो । पेप गार्डीओलाको प्रशिक्षणमा सिटीले हासिल गरेको यो आठौं उपाधि हो, उनले २०१६ यता सिटीलाई प्रशिक्षण दिन थालेका थिए ।

    सिटीले लिगमा ३५ खेलबाट ८० अंक जोडिसकेको थियो । हारले युनाइटेड ७० अंकमै खुम्चिएपछि सिटीको सातौं प्रिमियर लिग उपाधि पक्का भयो । खेलको १० औं मिनेटमा लुक थोमसले गोल गर्दै लेस्टर सिटीलार्ई अग्रता दिलाएपनि मासन ग्रिनउडले १५ औं मिनेटमा म्यानचेस्टर युनाइटेडबाट बराबरी गोल फर्काएका थिए । ६६ मिनेटमा काग्लर सोयुन्कुले लेस्टरबाट निर्णायक गोल गरे, २–१ ले खेल गुमाएपछि युनाइटेडले उपाधि सिटीलाई सुम्पियो ।

    यस सिजन सिटीले जितेको यो दोस्रो प्रमुख उपाधि हो । यसअघि नै सिटीले दुई साताअघि लिग कपको उपाधि जितेको थियो । च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा पनि सिटीले फाइनलमा स्थान बनाइसकेको छ, जहाँउसले २९ मेइमा चेल्सीको सामना गर्ने छ ।

  • २९ बैशाख २०७८, बुधबार १२:०२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images