घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
  • CIA Khabar

  • काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

    मंगलबारको तुलनामा आज छापावाल सुन तोलामा ३०० रूपैयाँले घटेर ९२ हजार रूपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस्तै तेजाबी सुन आज ९१ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    चाँदीको मूल्य आज स्थिर छ । चाँदी आज पनि १ हजार ३४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

  • २९ बैशाख २०७८, बुधबार १३:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images