निर्धन उत्थान कर्मचारी युनियनका महासचिव द्वारा बिज्ञप्ति जारी
  • CIA Khabar

  • काठमाडौ ।  निर्धन उत्थान लघुबित्त बित्तिय सस्थाको एक मात्र आधिकारिक ट्रेड युनियनले आज बिज्ञप्ति सार्बजनिक गरेको छ।

    सगठनका महासचिव कुशलबाबु नेपालद्वारा हस्ताक्षर बिज्ञप्ति मा कोरोनाको कहरले सस्थामा रहेका कर्मचारीको स्वास्थ अबस्था प्रती सम्बन्धि पक्षको अझ बढी चासो हुनुपर्ने, कर्मचारीलाई आइपर्न सक्ने स्वास्थ समस्यामा सस्थाले तदारुकता देखाउन पर्ने,कोरोनाको कारण कर्मचारीको मृत्यु भए उनिहरुको परिवारलाइ आर्थिक क्षतिपूर्ति तथा परिवारको सदस्यलाई रोजगारीको सुनिश्चित गरिनुपर्ने, कर्मचारीको सेवा सुबिधालाइ ध्यानमा राखिनुपर्ने , कर्मचारीको वृद्धि बिकास को कार्य नियमित सन्चालन गर्नुपर्ने लगायता कुराहरु समाबेश गरिएको छ।

    देशमा कोरोनाको माहामारी बढ्दो क्रममा रहेकोले राष्ट्रबैकले बैक तथा बित्तिय क्षेत्रलाइ अत्यावश्यक क्षेत्र भित्र राखेको हुदा कर्मचारीहरु कार्यालयमा जानू पर्ने बाध्यता रहेको हुदा सम्पुर्ण कर्मचारीहरुलाइ सर्बप्रथम आफ्नो स्वास्थको ख्याल गर्दै कार्य सम्पादन गर्न , कोरोनाको कारण होम आइसोलेसन तथा अस्पतालमा औषधि गराइराखेका सम्पुर्ण कर्मचारिको स्वास्थलाभ कामना बिज्ञप्ति मार्फत गरिएको छ।

  • २९ बैशाख २०७८, बुधबार १७:३० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images