एनएसएलको फाइनल प्रवेशका लागि आज ललितपुर सिटी र काठमाडौँ रेजर्स भिड्दै
  • CIA Khabar

  • काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल)को फाइनल प्रवेशका लागि आज ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स प्रतिस्पर्धा गर्दैछन् ।

    पहिलो प्लेअफमा पराजित काठमाडौँले दोस्रो ईलिमिनटेर राउण्डको विजेता ललितपुरसंग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्न लागेको हो ।

    बुधबार बुटवल लुम्बिनीलाई पराजित गर्दै फाईनल नजिक पुगेको ललितपुर आज काठमाडौँविरुद्ध उत्रदै छ । पहिलो प्लेअफमा काठमाडौं रेजर्स सुदूरपश्चिमको टिम धनगढीसंग पराजित भएको थियो ।

    खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे शुरु हुनेछ ।

    यसअघि लिग चरणको खेलमा काठमाडौँले ललितपुरलाई १–० गोल अन्तरले हराएको थियो ।

  • ३० बैशाख २०७८, बिहीबार १२:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images