ग्वार्डिओलाले सिटीलाई कसरी पुनःआविस्कार गरे ?
  • CIA Khabar

  • बार्सिलोना । बार्सिलोनाको कार्यकालको अन्त्यमा स्पेनिस प्रशिक्षक पेप ग्वार्डिओलामा केही अन्यौल देखिएको थियो । उनको चार वर्षे कार्यकालमा १४ वटा उपाधि जितेको बार्सिलोना विश्वकै उत्कृष्ट क्लब बनिसकेको थियो । तर, केही प्वालहरु भने देखिन थालेको उनलाई महसुस भइसकेको थियो । यस्तो अवस्थालाई कसरी सम्हाल्ने ? टोलीलाई नयाँ बनाउने वा छाड्ने रु उनी दोधारमा थिए । यसबारे उनले एलेक्स फर्गुसन र राफायल बेनिटेजसँग सल्लाह मागेका थिए ।

    आफ्नो सल्लाहमा यी दुवै प्रशिक्षक स्पष्ट थिए । आफ्नो मान्यतामा अडिग रहने र टोलीलाई नयाँ बनाउने दृष्टिकोणका मास्टर मानिएका फर्गुसनले सारांशमा यसको जवाफ दिए – तिम्रो टोलीलाई पुनर्निर्माण गर वा तिमीले थाहा पाउनुअघि नै उनीहरुले तिमीलाई हटाइसकेका हुनेछन् ।

    उनले दिएको सल्लाहलाई ग्वार्डिओलाले पालना नगरेको यो पहिलो अवसर थिएन ।

    २०११÷१२ को सिजनको अन्त्यतिर थकित ग्वार्डिओलाले महसुस गरे कि खेलाडीबाट उनले जे चाहेका छन्, त्यो अब प्राप्त हुने छैन । बार्सिलोनामा यो उनको चौथो सिजन थियो ।

    इनफ वाज इनफ १ ग्वार्डिओला बार्सिलोनामा सबैलाई स्तब्ध पार्दै बाहिरिए । उनी एक वर्ष अमेरिका बसे । अर्को वर्ष उनी बार्यन म्युनिख सम्हाल्न जर्मनी पुगे । तर तीन वर्षमा तीनवटा बुन्डेसलिगा उपाधि र दुईवटा जर्मन कप जिताएपनि आफुले के गर्दैछु भनेर क्लबले पूर्ण रुपमा नबुझेको उनलाई महसुस भयो ।

    त्यसैले थप सफलताका लागि सिटी आए ।

     

    कोभिड प्रभावित २०१९–२० को सिजन सकिँदा उपाधि लिभरपुलको पोल्टामा गयो । ग्वार्डिओलाले आफ्नो सम्झौताका विषयमा निर्णय लिनुपर्ने थियो ।

    र यो बिन्दुमा बल्ल बेनिटेज र फर्गुसनको सल्लाहले ठूलो अर्थ राख्यो ।

    के ग्वार्डिओलाले सिटी छाड्ने सोचेका थिए ?

    ग्वार्डिओलाले आपसी सहमतिमा फेरि नयाँ सम्झौता गरे । दुवै पक्षले एक आपसमा भरोसा देखाउँदा उनको पाँच वर्षे कार्यकालमा सिटीले तेस्रोपटक प्रिमियर लिग उपाधि जित्न सफल भएको छ ।

    नयाँ सम्झौताअनुसार ग्वार्डिओलाले चाहने हो भने उनी सिटीमा सात वर्ष बस्नसक्छन् । ग्वार्डिओलाकै दृष्टिबाट हेर्दा उनले कहिल्यै पेरिस सेन्ट जर्मेनको प्रस्तावबारे सोचेनन्, न त उनी फ्रान्सेली क्लबमै गए । कम से कम यसकारण पनि किनी अबुधाबीका मालिकको क्लब छाडेर कतारी व्यापारीको स्वामित्वमा रहेको क्लबमा जानु विश्वासघातभन्दा कम हुँदैन ।

     

    सिटीले पनि केही महिनादेखि तयार अवस्थामा राखेको त्यो प्रस्ताव स्वीकार्न ग्वार्डिओलालाई कहिल्यै दबाब दिएन, जुन प्रस्ताव अन्ततः ग्वार्डिओला समक्ष पुगेको २ ४ घण्टाभन्दा कम समयमै सहमति जुट्यो । उनीहरुले ग्वार्डिओला समक्ष एउटै कुरा राखेका थिए, यदी क्लब छाड्ने हो भने केही समयअघि जानकारी दिनुपर्छ ।

    निर्णायक क्षण अक्टुबरमा आयो, जतिबेला सिटीका अध्यक्ष खाल्दोन अल मुबारकलाई भेट्न ग्वार्डिओला माल्दिभ्स पुगेका थिए । मुबारकले ग्वार्डिओलालाई क्लबमा बस्नका लागि कन्भिन्स गरे । ‘हामी अगाडी बढ्नैपर्छ,’ ग्वार्डिओलालाई भनिएको थियो, ‘हामी जितिरहनेछौंँ । यो स्तरमा निरन्तर प्रतिस्पर्धा गर्नका लािग जे आवश्यक हुन्छ त्यो हामी गर्छौ । तिमी बस्नुपर्छ ।’

    अध्यक्षको सन्देश तथा आफुले विश्वास गर्नसक्ने सहज व्यक्तिहरुबाट घेरिनुले बाँकी काम ग¥यो ।

  • १ जेष्ठ २०७८, शनिबार १४:४९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images