फर्निचर किन्दा ध्यान दिनुहोस्
  • CIA Khabar

  • वास्तु शास्त्रमा केवल घरको निर्माण वा दिशासंग जोडिएका जानकारी मात्र होइन, घरमा राख्ने सामानका बारेमा पनि महत्वपूर्ण जानकारी दीइएको छ । वास्तु अनुसार केवल जीवित प्राणिबाट मात्र होइन, हरेक वस्तुबाट एक विशेष प्रकारको ऊर्जा निस्कने गर्दछ ।

    वास्तुमा कुन चीज कहाँ र कसरी कुन दिशामा राख्नु पर्दछ त्यसबारे पनि उल्लेख हुन्छ । यस्तोमा घरको महत्वपूर्ण हिस्सा मानिने फर्निचर बारेमा पनि वास्तुमा जानकारी छ । वास्तु अनुसार यदि घरमा फर्निचर गलत दिशा वा तरीकाले राखे आर्थिक हानी हुनसक्छ ।

    १. नयाँ फर्निचर किन्दा मंगलवार, शनिवार र औंसीको दिन भूलेर पनि किन्नु हुदैन । यी दिन फर्निचर किनेमा घरमा नकारात्मकता उर्जा हावी हुने गर्दछ ।

    २. घरको कोठामा आवश्यकता अनुसारको ठिक्क आकारको फर्निचर किन्नु पर्दछ । पुरै कोठा फर्निचरले भरीए वा कोठामा खाली ठाउँ नभरीए यसले पनि नकारात्मक उर्जा बढ्ने आशंका हुन्छ ।

    ३. फर्निचर किन्दा कुन काठले बनेको हो त्यसबारे पनि जानकारी लिन आवश्यक छ । सिसौ, अशोक, साल, नीम लगायतका काठको फर्निचर किन्नु राम्रो हुन्छ । तर पीपल वा बरको काठको फर्निचर किन्नु हुदैँन ।

    ४. वास्तु अनुसार घरको सबैभन्दा भारी फर्निचरलाई हमेशा दक्षिण र पश्चिम दिशामा मात्र राख्नु पर्दछ । घरको उत्तर र पूर्व दिशामा सकेसम्म हल्का र खुला राख्नु पर्दछ ।

    ५. हुनत फर्निचर बारे सबैको रोजाई फरक फरक हुन्छ । तर वास्तु अनुसार वर्गाकार वा चारपाटे फर्निचर मात्र किन्नु पर्दछ । त्रिभुज, गोलाकार वा अण्डाकार आकारको फर्निचर नकिन्नु नै राम्रो हुन्छ ।

  • १ जेष्ठ २०७८, शनिबार १५:०३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images