नेपाल सुपर लिग फुटबलको उपाधी काठमाडौं रेजर्सलाई
  • CIA Khabar

  • काठमाडौं । मुलुकको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिगको उपाधी काठमाडौं रेजर्सले जितेको छ ।

    शनिबार दशरथ रंगशालामा भएको फाइनलमा काठमाडौं रेजर्सले धनगढी सिटी एफसीलाई १-० गोलले पराजित गर्‍यो ।

    काठमाडौं रेजर्सले पहिलो हाफमा नै अग्रता लिएको थियो । विश्वास श्रेष्ठले दिएको पासमा मेसौके ओलुमोउले २१ औं मिनेटमा गोल गरेका थिए । जारी लिगमा उनको यो आठौं गोल थियो ।

    च्याम्पियन बनेसँगै काठमाडौंले ३५ लाख रुपैयाँसहित शिल्ड जितेको छ । दोस्रो भएको धनगढीले १५ लाख रुपैया प्राप्त गर्‍यो । नेपाल स्पोर्टस म्यानेजमेन्टको आयोजना र अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा भएको एनएसएलमा ७ शहरका ७ टोलीले भाग लिएका थिए ।

    राउण्ड रोबिन लिगपछि शीर्ष चार टोलीले प्ले–अफ खेल्दै फाइनलसम्म स्थान बनाएका थिए । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीले भाग लिएका थिए ।

  • १ जेष्ठ २०७८, शनिबार २०:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images