१० वर्षदेखि छोरीमात्र जन्मेको गाउँ: छोरा जन्मिएमा मेयरले उपहार दिने
  • CIA Khabar

  • विश्वमा केही यस्ता ठाउँ छन् जो त्यहाँको मौसम, प्रकृति वा विकासका कामले चर्चित छन् । तर विश्वमा एक यस्तो गाउँ छ जहाँ केवल छोरीको मात्र जन्म हुने गरेको छ ।

    पोल्याण्डको मिजेस्के ओद्रजेनस्की गाँउमा पछिल्लो एक दशकयता छोराको जन्म भएको छैन । अर्थात विगत १० बर्षदेखि यस गाउँमा छोरी मात्र जन्मिएका छन् । यस गाउँमा छोरी मात्र जन्मन्छन् भन्ने विषयको खुलासा तब भयो जब अग्निशामकोको यूवा स्वयम्सेवकलागी एक क्षेत्रीय प्रतियोगितामा पूरै टिम केवल केटीको मात्र थियो ।

    १० बर्षदेखि छोरा नजन्मिएको यस गाउँमा मेयरले कसैको घरमा छोरा जन्मिएमा उपहार दिने बताएका छन् । ओद्रजेनस्की गाँउमा करिब ३ सय मानिको बसोबास छ । यस गाउँका बारेमा जानेपछि वैज्ञानिकले समेत बुझ्ने प्रयास गरेका छन् । साथै मिडियाले समेत यसबारेमा चासो दिँदै आएका छन् ।

  • ६ जेष्ठ २०७८, बिहीबार १६:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images