स्वादिष्ट चाईनिज ‘चिकेन स्टु’ बनाउने तरिका
  • CIA Khabar

  • चाईनिज ‘चिकेन स्टु –

    आवश्यक सामग्री :

    १ किलो चिकेन, आधा किलो काँचो मेवा, २ वटा गाँजर, १०० ग्राम सोयाविन तेल, ५० ग्राम कर्नफ्लोर पाउडर, २०० ग्राम दूध, पिँधेको अदुवा २५ ग्राम, पिँधेको लसुन २५ ग्राम, २५० ग्राम प्याज, भेडेखोर्सानी २०० ग्राम, चिनी १० ग्राम, मरिचको धुलो १० ग्राम ।

    बनाउने तरिका :

    चिकेन ५० ग्रामको जत्रो पिसमा काट्नु, गाँजर २ इन्चको टुक्रा, मेवा २ इन्चको टुक्रा, चिकेन र प्याज एकै साथ ठूलो आगोमा तेल राखी पानी सुक्ने गरी पकाउनु ।

    अब आगोलाई सानो बनाई दूध कर्नफ्लोर चिनी घोलेर राख्नु र अन्य मसलाहरू सबै राख्नु केहीबेर पकाएपछि अब चिकेन स्टु तयार भयो ।

    साभार : ‘सजिलो कुकिङ’ पुस्तकबाट

  • ७ जेष्ठ २०७८, शुक्रबार ०९:०८ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images