आर्सेनिक बढी भएको पानीबाट लाग्छन यस्ता रोग, कसरी बच्ने ?
  • CIA Khabar

  • आर्सेनिक कुनै नयाँ बस्तु होइन । परापूर्व कालदेखि नै विभिन्न कामको लागि प्रयोग गरिँदै आएको रासायनिक तत्व नै आर्सेनिक हो । यसलाई न आँखाले देख्न सकिन्छ न त यसको कुनै रंग, स्वाद वा गन्ध नै हुन्छ ।

    त्यसैले पानीमा आर्सेनिक मिसिएको छ भने पनि हेरेर, सुँघेर वा चाखेर थाहा पाउन सकिँदैन । पानी, खाना वा अन्य माध्यमबाट शरीर भित्र धेरै मात्रामा आर्सेनिक गएमा भने यसले स्वास्थ्यमा प्रतिकूल असर गर्न सक्छ ।

    आर्सेनिक प्राकृतिक रुपमा पानी तथा माटोमा पाइन्छ । विशेषगरी आग्नेय चट्टान र विभिन्न खनिज पदार्थहरुमा आर्सेनिक मिसिएर रहेको हुन्छ ।

    हजारौं वर्षअघि आर्सेनिक मिसिएका चट्टानहरु हिमालय तथा अन्य अग्ला भू–भागहरुबाट पानीको माध्यमद्वारा खिइदै बालुका, गिट्टी, माटोसँग मिसिदै समथर भूभागमा जम्मा भएको भूगर्भविद्हरुको भनाइ छ । भारतको पश्चिम बंगाल, बंगलादेश, एवं नेपालको तराईका भागमा पनि यही प्रकृयाबाट आर्सेनिक बनेको बताइन्छ ।

    त्यस्ता भू–भागको जमिन मुनिको पानीमा विभिन्न रसायनिक प्रकृयाद्वारा आर्सेनिक मिसिन पुग्छ । त्यसकारण जमिनमुनीको पानीमा आर्सेनिक भेटिने गर्दछ ।

    आर्सेनिकको प्रमुख स्रोत प्रकृतिक नै भए तापनि विभिन्न मानवीय क्रियाकलापहरुबाट पनि वातावरणमा आर्सेनिक प्रदुषण बढिरहेको हुन्छ ।

    यस्तै रासायनिक मल, काठ रङ्याउने विभिन्न रङ्गहरु उत्पादन गर्दा, किटनाशक औषधि प्रयोग गर्दा वातावरणमा आर्सेनिक बढिरहेको हुन्छ ।

    स्वास्थ्यमा पर्ने असर

    – आर्सेनिक मिसिएको पानी पिउँदा यसले तत्कालै असर नगरे पनि लामो समयसम्म लगातार पिउँदा निको नहुने प्रकारका दीर्घ रोगहरु लाग्न सक्छ तर यसमा पनि मुख्यतः आर्सेनिकको मिसावट दरमा निकै भर पर्दछ ।

    – जिवाणु अर्थात फोहोर मिसिएको पानी पिउँदा तुरुन्तै सरुवा रोगहरु तथा पानीजन्य रोगहरु जस्तै झाडापखाला, टाइफाइड जन्य रोगहरु लाग्न सक्छ । जसले मानिसको मृत्यु नै हुने जोखिम रहन्छ ।

    – दुषित पानी पिउनुको सट्टा आर्सेनिकयुक्त पानी पिउँदा तुलनात्मक रुपमा स्वस्थ्यलाई कम असर पर्न सक्छ । यसकारण आफ्नो घरको वा नजिकको धारा तथा ट्युवेवेलको पानीमा आर्सेनिक मिसिएको छ भन्दैमा जिवाणुबाट दुषित अन्य पानीका स्रोतहरु खोला, पोखरीको पानी प्रायोग गर्नु हुँदैन ।

    आर्सेनिकबाट लाग्ने रोग र बच्ने उपाय

    – आर्सेनिकको पहिलो चरणबाट ग्रसित बिरामीहरुले यो समस्याबाट बच्न आर्सेनिकरहित पानी पिउनु नै सबैभन्दा उत्तम उपाय हो ।

    – आर्सेनिक मिसावट तथा दुषित नभएका तथा हुने कम सम्भावना भएका स्रोतहरु जस्तै आकासको पानी, मुल, डिप ट्युववेलको पानी प्रयोग गर्नु उपयुक्त हुन्छ ।

    – यी नयाँ स्रोतहरु प्रयोग गर्दा पनि पानी उमालेर पिउँदा पानीबाट हुने विभिन्न रोगहरुबाट बच्न सकिन्छ ।

    – स्थायी उपायको निम्ति आफ्नो गाउँ वरपरका सम्पूर्ण ट्युववेलहरुको परीक्षण गरी आर्सेनिक रहित ट्यूववेलको पानी पिउन तथा खाना पकाउन प्रयोग गर्न सकेमा आर्सेनिकबाट बच्न सकिन्छ ।

    – भिटामिनहरु तथा पोषणयुक्त खाना खाएमा यसका लक्षणहरु हराउँदै जान सक्छन् । तर दोस्रो वा तेस्रो चरणमा पुगेका रोगहरुलाई भने पूर्ण रुपमा निको पार्न गाह्रो हुन्छ ।

    – आर्सेनिकबाट प्रभावित व्यक्तिहरुले पोषणयुक्त खाना तथा नियमित रुपमा व्यायाम गर्ने, चुरोट, रक्सी जस्ता अम्मल पदार्थ नखाने स्वस्थ बानी अपनाउनुपर्छ ।

    – आफूले प्रयोग गर्ने पानीको स्रोतमा आर्सेनिकको मात्रा जाँच गर्नुपर्छ ।

    – आर्सेनिकोसिसको लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।

    साभार : ‘घरेलु आयुर्वेदिक उपचार’ पुस्तकबाट

  • ७ जेष्ठ २०७८, शुक्रबार ०९:४१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images