यी हुन् चिसोबाट बच्ने उपाय
  • CIA Khabar

  • जाडोयाम दिउँसो मौसम ठिकै भए पनि बिहान र साँझ भने अत्यधिक चिसो हुने गरेको छ । जोडोयाममा यही चिसोका कारण धेरै मानिस बिरामी समेत हुने गरेका छन् ।

    चिसोमा धेरै मानिसलाई रुघाखोकी सँगै विभिन्न स्वास्थ्य समस्याले सताउँछ । यो मौसममा विशेषगरी साना बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुन्छन् । यस्तोमा चिसोबाट बच्न विभिन्न सावधानी अपनाउन आवश्यक हुन्छ ।

    यस्तो छ चिसोबाट बच्न अपनाउनु पर्ने उपायहरु :
    – चिसोबाट बच्न धेरै भन्दा धेरै शरीरलाई ऊर्जा दिने खानेकुरा सेवन गर्नु पर्छ ।
    – यो मौसममा दूध र दूधजन्य पदार्थ लगायत प्रोटिनयुक्त खानेकुरा खानु लाभदायी हुन्छ ।
    – जाडोमा चिया, दाल र तरकारी समेत अदुवाको हालेर सेवन गरे उत्तम हुन्छ ।
    – यो मौसममा शरीरलाई सधै न्यानो बनाएर राख्नु पर्दछ ।
    – चिसोमा बाहिर हिँड्दा बाक्लो कपडा लगाउनु पर्छ ।
    – सवारीसाधन चलाउँदा हावा भित्र नछिर्ने ऊनीको बाक्लो स्वेटर वा ज्याकेट लगाउनु पर्छ ।
    – दैनिक समय मिलेसम्म एकपटक घाममा बस्दा शरीरले राम्ररी भिटामिन डि पाउँछ ।
    – बढी जाडो भएमा शरीरमा तोरी, जैतुन र तिलको तेलले मालिस गर्न सकिन्छ ।
    – महमा प्रशस्त आइरन पाइने भएकाले चिसोमा यसको सेवन गर्नु उत्तम मानिन्छ ।
    – महलाई रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नका लागि समेत महत्वपूर्ण मानिन्छ ।

  • ९ माघ २०७८, आईतवार १८:०६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images