बाडुली रोकिएन ? यसो गर्नुहोस् हराउँछ
  • CIA Khabar

  • बाडुली लाग्दा लामो समयसम्म हिक्कहिक्क हुन्छ । यसलाई गाउँघरमा कसैले सम्झेको भन्ने गरिन्छ । तर वैज्ञानिक रूपमा तातो खाने बित्तिकै चिसो खाने वा धेरै खुर्सानी खाने गर्दा बाडुली लाग्छ भन्ने तर्क छ । यसरी लाग्ने बाडुली रोक्न केही घरेलु उपाय छन् ।

    – कागती
    रक्सी पिएर बाडुली लागेको भए कागती उपयोगी हुन्छ । कागतीको एक चौथाइ टुक्रा काटेर मुखमा हाल्ने र बिस्तारै चपाउने गरे बाडुली हराउँछ ।

    – मह
    बाडुली लाग्ने बित्तिकै एक चम्चा मह खाँदा आराम हुन्छ ।

    – चिसो पानी
    बाडुली लाग्दा एक गिलास चिसो पानी पिए पछि ठिक हुन्छ । अझ पानी पिउँदा नाक बन्द गरेमा बाडुली रोकिन्छ ।

    – आइस ब्याग
    बाडुली रोक्न गर्धनलाई आइस ब्यागमा राख्दा राहत पाउन सकिन्छ ।

    – पीनट बटर
    पीनट बटर खाँदा पनि बाडुलीबाट राहत मिल्छ । यो खाँदा सास लिने प्रक्रिया प्रभावित हुन्छ जसले बाडुली रोक्छ ।

    – घुँडालाई छातीमा राख्दा
    बाडुली रोकिएन भने घुँडालाई छातीमा लगेर टाँस्दा मांसपेशीहरूको खुम्च्याइ टाढा भाग्छ ।

  • १८ फाल्गुन २०७८, बुधबार ११:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images