विवाह गर्ने सही उमेर कति हो ? थाहा पाउनुहोस्
  • CIA Khabar

  • विवाहले केवल दुई व्यक्तिलाई मात्र सम्बन्धमा गाँस्दैन यसले दुई परिवारलाई पनि जोड्दछ ।

    विवाहपछि धेरै जिम्मेवार बन्नु पर्ने भएकाले पनि मानिस परिपक्व हुन आवश्यक छ । विवाह गर्ने उमेर पनि परिपक्व हुनु पर्दछ ।

    कति उमेरमा विवाह गर्नु उत्तम ?

    नेपालमा विवाहको कानुनी उमेर २० वर्ष अगावै पनि कतिपयको विवाह भएको पाइन्छ । तर हालै जारी गरिएको एक प्रतिवेदन अनुसार विवाहका लागि २९ वर्षको उमेर उत्तम मानिएको छ । यो उमेरमा विवाह गर्नु सबैभन्दा राम्रो मानिन्छ । यो उमेरमा मानिस शारीरिक र मानसिक रूपमा नयाँ सम्बन्धका लागि तयार हुने अनुसन्धानले देखाएको छ ।

    २९ वर्षको उमेरमा अधिकांशले अध्ययन सकेर रोजगारी पाएको हुने र व्यवहारिक कुरामा पनि परिपक्व हुने देखिएको छ । यो उमेरमा शरीरमा नयाँ परिवर्तन आएको हुन्छ । महिला पनि यही उमेरमा आमा बन्ने र सन्तानको स्याहारमा परिपक्व बनिसक्ने प्रतिवेदनले देखाएको छ।

    २९ बर्षको उमेरमा आफ्नो जीवनसंगीको राम्रो र नराम्रो पक्ष छुट्याउन समेत सक्ने प्रतिवेदनले देखाएको छ । साथै एक अर्कालाई बुझ्न समेत दुवै यही उमेरमा समर्थ हुन्छन् । प्रतिवेदनमा २८ देखि ३२ वर्षको उमेरसम्म विवाह गर्न उपयुक्त मानिएको छ ।

  • २३ फाल्गुन २०७८, सोमबार ०९:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images