एमाले र राप्रपा नेपालबीच चुनावी गठबन्धन, एउटै चिह्नबाट लड्ने
  • CIA Khabar

  • काठमाडौँ- नेकपा एमाले र राप्रपा नेपालबीच स्थानीय तहको निर्वाचनको लागि चुनावी गठबन्धन भएको छ ।

    राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशील कुमार श्रेष्ठ र नेकपा एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहालले ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

    बुधबार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत दुई पक्षीय नेताहरुको उपस्थितिमा दुई पार्टीबीच सहमतिपत्र आदानप्रदान भएको छ ।

    सहमति अनुसार देशभर सम्भव गएको ठाउँमा नेकपा एमाले र राप्रपा नेपालबीच तालमेल हुनेछ र राप्रपा नेपालका उम्मेद्वारले पनि सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।

    राप्रपा नेपालले आफ्नो उम्मेदवार नभएको ठाउँमा नेकपा एमालेका उम्मेदवारलाई सघाउनेछ भने एमालेले पनि राप्रपा नेपालका उम्मेदवारलाई सघाउने सहमति भएको छ ।

  • ३० चैत्र २०७८, बुधबार १९:११ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images