गाजा–इजरायल हिंसामा ५१ जनाको मृत्यु
  • CIA Khabar

  • गाजा सिटी – इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले इजरायल र गाजामा रहेका लडाकुबीच भएको पछिल्लो लडाइँमा गाजामा कम्तीमा ५१ जनाको मृत्यु भएको बताएको जनाएको छ । मृत्यु हुनेमध्ये २४ जना विद्रोही पनि छन् ।

    सेनाका अनुसार मृत्यु हुनेमध्ये १६ जना सर्वसाधारण छन् । अतिवादीसमूहसँग सलग्न नरहेका ११ जनाको पनि मृत्यु भएको प्राप्त विवरणमा जनाइएको छ ।

    इजरायल र गाजाका विद्रोही लडाकु समूहबीचमा युद्धविराम गर्ने सहमति भएको छ ।

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायल र गाजाबीच भएको युद्धविरामको स्वागत गरेका छन् ।

    गाजामा भएको आक्रमणबाट यहाँका बालबालिका तथा महिलालगायत सर्वसाधारण नागरिकको ज्यान गएको घटनाबाट आफू दुःखी रहेको महासचिव गुटेरेसले बताएका छन् । यसैबीच, अफ्रिकन युनियनले इजरायल र गाजामा भएका हिंसात्मक हमलाको निन्दा गरेको छ ।

  • २४ श्रावण २०७९, मंगलवार ०८:४४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images